भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई २२ कराेड मूल्य बराबरका सामग्री हस्तान्तरण

[sharethis-inline-buttons]

काठमाडाैं । पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।

दसवटा बख्तरबन्द गाडी (माइन प्रोटेक्टिभ भेहिकल) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएकाे हाे।

त्यस्तै, भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई ४ वटा घोडा सहयाेग स्वरूप प्रदान गर्नुभएकाे छ ।

प्राप्त सामग्रीहरू मध्ये ६० प्रतिशत अनुदान र ४० प्रतिशत रकम नेपाल सरकारले व्यहाेर्नुपर्ने जनाइएकाे छ ।


प्रकाशित : २०७९ भाद्र २० सोमबार