राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा दिने घाेषणा

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घाेषणा गर्नुभएकाे छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएकाे हाे ।

राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताउनुभयाे ।

लिङ्देनले भन्नुभयाे, ‘भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ, उहाँले भन्नुभयाे, ‘त्यसले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन ।’

निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो । उहाँले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने बताउनुभयाे ।


प्रकाशित : २०७९ भाद्र १९ आईतवार