
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।
यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।
बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते बिहान ११ बजे पुनः बयान हुने जानकारी दिनुभएको छ ।
बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिनुभएको छ ।
प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ ।
तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउनुभएको छ ।