‘गाैरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँछ’

[sharethis-inline-buttons]

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड भएको उल्लेख गर्नुहुँदै उहाँले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्‍वास र सद्‍भावलाई प्रगाढ बनाउन मद्दत पु(याउने उल्लेख गर्नुभएको छ।

उहाँले सन्देशमा विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको प्रधानमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ।


प्रकाशित : २०७९ भाद्र १८ शनिबार