निलम्वित प्रधानन्यायाधीश राणासँग दाेस्राे बयान सकियाे, राणाद्वारा सिफारिस समितिको औचित्यमाथि नै प्रश्न

[sharethis-inline-buttons]

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएकाे छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोस्रो दिन बयान दिने क्रममा उहाँले महाभियोगमा प्रस्तावक रहेका सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाउनुभएकाे हाे ।

त्यस्तै, उहाँले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताउनुभयाे । बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिनुभयाे।

उहाँले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताउनुभयाे। मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पुरा उहाँकाे भनाइ छ।

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको जानकारी दिनुभयाे।


प्रकाशित : २०७९ भाद्र १६ बिहीबार