दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड

[sharethis-inline-buttons]

काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।

कार्यदलको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने गरी बोलाइएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । उनकाअनुसार छलफल सकारात्मक रूपमा अगाडि बढेकाले आज टुंगो लाग्नेछ । ‘बैठक सकारात्मक रूपमा अगाडि बढेको छ । शीर्ष तहमा संख्याबारे छलफल भएको छ,’ उनले भने, ‘सबैले लचक भएर आ-आफ्नो दाबीलाई छाडेर सहमतिमा पुग्ने समझदारी बनेको छ ।’

सोमबार गठबन्धनमा बुधबारभित्र संख्या र २० भदौभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र बाँडफाँडको टुंगो लगाउने समझदारी बनेको थियो । त्यसअघि ९ भदौमा शीर्ष नेता र कार्यदल सदस्यको संयुक्त बैठकमा दलहरूले पहिलोपटक आ-आफ्ना दाबी पेस गरेका थिए । कांग्रेसले सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए । दलहरूले ०७४ र ०७९ को निर्वाचनलाई आधार बनाएर आफ्नोअनुकूल हुने गरी सिट दाबी गरेका थिए । तर, उनीहरूले निर्वाचन क्षेत्र भने खुलाएका छैनन् ।

कार्यदल गठनको करिब एक महिनासम्म पनि सिट टुंगो लाग्न नसकेपछि गठबन्धनमा शीर्ष नेतृत्वमाथि दबाब परेको छ । ११ सदस्यीय कार्यदलमा सहमति जुट्न नसकेपछि राजनीतिक निर्णयबाट टुंग्याउने शीर्ष नेताकाे तयारी छ


प्रकाशित : २०७९ भाद्र १६ बिहीबार