बुढीगण्डकी जलविद्युत आयोजना कम्पनीमार्फत अघि बढाउने तयारी

[sharethis-inline-buttons]

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताउनुभएको छ ।

आईतवार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो । मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा,पुरबास लगायतको काम करिव सकिन लागेको बताउनुभयो ।

उहाँले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताउनुभयो।

मन्त्री भुसालले आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई क्यू निःशुक गरेको बताउनु भयो । उहाँले अहिले नेपालको विद्युत उत्पादन ८३ हजार भनेपनि आर्थिक रुपमा ४३ हिसाव गरिएको बताउनु भयो । मन्त्री भुसालले सरकारको तथ्याङ्कमा ६ हजार ५ सय पीपीए भएको देखिएपनि १५ सय कसैको झोला रहेको बताउनु भयो ।

उहाँले १५ सय मेगावट विद्युत कसको झोलामा रहेको छ राज्यको स्रोत भएकाले सरकारले अनुसन्धान गर्ने बताउनुभयो । मन्त्री भूसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत निर्यात गर्न सरकार सफल भएको दाबी गर्नुभयो ।

मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताउनु भयो । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको बताउनुभएको छ । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताउनुभएको छ ।

मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताउनुभयो । विद्युत आधारभुत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको जानकारी दिनुभएको छ ।

समग्र विद्युत महशुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको पनि उहाँले जानकारी दिनुभयो । देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उहाँले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ भाद्र १३ सोमबार