महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे रूपमा  ३४ बुँदे पत्र सिफारिस समितिलाई बुझाउनुभएकाे हाे ।

‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’ बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

 


प्रकाशित : २०७९ भाद्र १३ सोमबार