माओवादी केन्द्रकाे भावि प्रधानमन्त्रीमा प्रचण्ड निर्विकल्प

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्तिबहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुने गरी मिल्ने दाबी गर्नुभएकाे छ ।

आज (शनिबार) राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने बताउनुभएकाे हाे ।

उहाँले सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाउनुभयाे । उहाँले भन्नुभयाे,“अहिले छलफल भैरहेको छ, अब यसबारेमा निश्कर्ष निकाल्छौं ।”

उहाँले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,“गठबन्धन आजको आवश्यकत्ता हो कि होईन भन्ने कुरा पहिले बुझ्नुपर्यो । अहिले सबै दल गठबन्धन गरेर जाने निश्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।”

उहाँले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गर्नुभयाे ।

उहाँले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा आफूहरु चुनावमा सहभागि हुने बताउनुभयाे ।


प्रकाशित : २०७९ भाद्र ११ शनिबार