काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
हिजो बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बोलाएको बैठक सांसद तथा काँग्रेस नेता प्रदीप गिरीको निधनका कारण आजका लागि सारिएको थियो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेश हुने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तर आजको संसद बैठक पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुनसक्ने सम्भावना छ ।
प्रकाशित : २०७९ भाद्र ६ सोमबार