
काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति पूर्णबहादुर खड्का लगायत नेता तथा कार्यकर्ताले पुष्प अर्पन तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव देव गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र महताेलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।

प्रकाशित : २०७९ भाद्र ५ आईतवार