कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य थप जटिल, स्वास्थ्यलाभको कामनाले भरियाे सामाजिक सञ्जाल

[sharethis-inline-buttons]

काठमाडाैं । समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् गिरीलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

मेडिसिटीमा उनको डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर पछिल्ला अन्य भागमा पनि फैलिँदै गएकाले थप समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई तीन साताअघि मेडिसिटी अस्पतालमा भनाइ गरिएको थियो ।

गिरीको पारिवारिकका सदस्यहरूले स्वास्थ्य अवस्था गम्भीर रहेकाले स्वास्थ्यलाभको कामना गर्न सामाजिक सञ्जालमा आग्रह गरेका छन् । उनको स्वास्थ्यअवस्थाको जानकारी लिन शुभचिन्तक तथा कांग्रेस नेताहरू अस्पताल जाने क्रम बाक्लिएको छ ।

गिरीलाई भेटेर फर्किएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन् । ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार अस्पताल पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए । गिरीको स्वास्थ्यमा थप समस्या भएकाले भेटघाट र भीडभाड नगर्न परिवारका सदस्यले भने आग्रह गरेका छन् ।

स्वास्थ्यलाभको कामनाले भरियाे सामाजिक सञ्जाल
गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका समाजवादी चिन्तक प्रदीप गिरीलाई स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जाल भरिएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै स्वास्थ्यलाभको कामनाले सामाजिक सञ्जाल भरिएको हो ।

अधिकांशले नेपाली राजनीतिक शिखर व्यक्तित्व, निष्टावान राजनीतिज्ञ, महात्मा गान्धीका वास्तविक अनुयायी, सबै राजनीतिक दर्शनवेत्ताका रूपमा गिरिलाई गिरिको चर्चा गर्दै स्वास्थ्यमा चमत्कारिक सुधारको कामना गरेका छन् ।

विसंगतिपूर्ण वर्तमान राजनीतिलाई संग्लो बनाउन गिरीको अझै क्रियाशीलता आवश्यक रहेको भन्दै कयौँले प्रार्थना गरेका छन् ।
गिरीलाई भेटेर फर्किएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन् । ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं,’ उनले लेखेका छन् ।

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विराट चेतना र संघर्षशील ऊर्जाको भण्डार भएका गिरिले आफ्नो सोच र विश्वासलाई बदलिदिएको र सही मार्ग देखाइदिएको उल्लेख गर्दै उस्तै प्रेरणापुञ्जको रूपमा पाइरहने, देखिरहने र सुनिरहने अवस्थाको कामना गरेका छन्।


प्रकाशित : २०७९ भाद्र ४ शनिबार