वाइसिएलको राष्ट्रिय भेला आजबाट, अध्यक्ष दाहालद्वारा उद्घाटन हुने

[sharethis-inline-buttons]

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन् ।


प्रकाशित : २०७९ भाद्र ३ शुक्रबार