माओवादी केन्द्रसँग पार्टी एकता गर्न एकीकृत समाजवादीकाे ‘पार्टी एकता संयोजन समिति’

[sharethis-inline-buttons]

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

समाजवादी निकट उच्च स्रोतका अनुसार वामहरुको बीचमा एकताको पहल नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताए । ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौं । उम्मेदवारी चयनका लागि कार्यविधि पारित गरेको छ,’ उनले भने ।

उनले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए । त्यस्तै, उनले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनले बताए ।


प्रकाशित : २०७९ भाद्र २ बिहीबार