राष्ट्र निर्माणमा महत्वपूर्ण याेगदान दिने मुस्लिम समुदायले उम्मेदवारी दिएर नेतृत्व दाबी गर्नुपर्छ : मन्त्री चाैधरी

[sharethis-inline-buttons]

कृष्णनगर । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्याङ मात्र नबन्न आग्रह गर्नुभएकाे छ।

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्र बनाउन याेगदान दिने मुस्लिम समुदाय भर्याङ मात्रै बन्नु नहुने बताउनुभएकाे हाे ।

मन्त्री चाैधरीले भन्नुभयाे, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्याङ मात्र बन्ने ?’

सिमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले भन्नुभयाे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दाबी गर्नुहोस् ।’

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिकदेखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको बताउनुभयाे । त्यसैगरी उहाँले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए ।

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरिक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताउनुभयाे ।


प्रकाशित : २०७९ भाद्र १ बुधबार