नागरिकता विधेयक फिर्ता भएपछि लोसपाको आपत्ति, मुलुकमा पुनः असन्तुष्टि बढ्नसक्ने चेतावनी

[sharethis-inline-buttons]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ ।

अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिनुभएको हो।

मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न गराउन लोसपा सरकासँग जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


प्रकाशित : २०७९ श्रावण ३१ मंगलवार