एकीकृत समाजवादी तथा माओवादी केन्द्रलगायत बामपन्थी दलहरूकाे पार्टी एकता गर्ने तयारी

[sharethis-inline-buttons]

काठमाडौं । आगामी चुनावअघि नै पार्टी एकता हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन हुने बताउनुभएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलवार पत्रकारसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित पार्टी एकता हुने जानकारी दिनुभएको हो ।

उहाँले एकतापछि पार्टीको नाम नेकपा समाजवादी वा त्यस्तै कुनै नाम रहने जानकारी दिनुभयो ।

६ वर्षपछि बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ रहने उहाँको भनाइ थियो । उहाँले अब वामपन्थी एकतालाई कसैले रोकेर नरोकिने बताउनुभयो । पार्टी एकताको घोषणा भने चुनावपछि मात्र हुने उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले चुनावअघि पार्टी एकता संयोजन समिति बन्ने र चुनावपछि बृहत वामपन्थी एकता हुने बताउनुभयो ।

आफूहरु विभाजित हुँदा देश र जनताले हण्डर ठक्कर खाएको भन्दै दाहालले अब विगतको गल्तीलाई पाठको रुपमा लिएर अगाडि बढ्ने बताउनुभयो ।

आगामी निर्वाचनमा बाबुराम र वामदेव गौतमको पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हबाटै चुनाव लड्ने गरि निर्वाचन आयोगमा दल दर्ता गरिएको छ ।


प्रकाशित : २०७९ श्रावण ३१ मंगलवार