भारत स्वतन्त्र भएकाे ७५ वर्ष पूरा, देशवासीका नाममा प्रधानमन्त्री माेदीकाे सम्बाेधन

[sharethis-inline-buttons]

नयाँ दिल्ली । भारत स्वतन्त्र भएकाे ७५ वर्षकाे अवसरमा आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।

यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्।

सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन् ।


प्रकाशित : २०७९ श्रावण ३० सोमबार