काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले बास्कोटालाई अध्यक्षमा चयन गरेको हो। यस्तै बैठकले सञ्जिववल्लभ भट्टराईलाई संयोजकको जिम्मेवारी तोकेको छ ।
बैठकले पूर्व अध्यक्ष रविन्द्र मिश्रको राजीनामा स्वीकृत गरेसँगै नयाँ नेतृत्व चयन गरेको हो।
यसअघि काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिएकी बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक हुनुहुन्थ्यो ।
प्रकाशित : २०७९ श्रावण ३० सोमबार