
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आगामी निर्वाचन एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जानेबारे छलफल भएको छ ।
भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले दिनुभएकाे जानकारी अनुसार अध्यक्षद्वय दाहाल र डा भट्टराईबीच एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको हाे ।
नेकपा ९माओवादी केन्द्र०को चुनाव चिन्ह गोलाकारभित्र हसिँया हथौडा रहेको छ । यही चुनाव चिन्ह लिएर डा भट्टराईले यसअघिका प्रतिनिधिसभाका दुईवटा चुनावमा जित्नुभएको थियो भने पछिल्ला प्रतिनिधिसभाको निर्वाचनमा आँखा चिन्ह लिएर तेश्रो पटक विजयी बन्नुभएको थियो ।
उहाँले भन्नुभयो, “उहाँहरुबीच गठबन्धनमा जाने, एउटै चुनाव चिन्हमा जाने सहमति भएको छ । घोषणापत्र पनि मिलेर बनाउने भन्नेछ ।”