दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी

[sharethis-inline-buttons]

काठमाडौं । आगमी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे ।

‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भन्नुभयाे ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।


प्रकाशित : २०७९ श्रावण २९ आईतवार