पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

[sharethis-inline-buttons]

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार विहीवार गरिएको परीक्षणमा उहाँमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।


प्रकाशित : २०७९ श्रावण २७ शुक्रबार