मिथिला क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीचकाे प्रेमकाे प्रतिक राखी मनाइँदै, यस्ताे छ राखी बाध्नुकाे महत्व

[sharethis-inline-buttons]

काठमाडाैं । नेपालकाे तराईवासीहरू श्रावण शुक्ल पूर्णिमालाई राखी पूर्णिमाका रूपमा मनाउँछन्। दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक तथा सामाजिक मान्यताका आधारमा यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ ।

महाभारतमा उल्लेख भएअनुसार एकपटक संकट आइपरेकाले ज्येष्ठ पाण्डव युधिष्ठिरले भगवान् श्रीकृष्णलाई सबै संकटको समाधान कसरी होला भनेर सोधे। भगवान् श्रीकृष्णले पनि उनको तथा उनका सेनाको रक्षाका लागि एउटा पर्व मनाउन लगाए। सो पर्वमा रेशमी धागोमा धेरै शक्ति भएकाले उनले मन्त्रोच्चारणसहित दिदीबहिनीद्वारा दाजुभाइलाई रक्षासूत्रको रूपमा सो धागो बाँध्न लगाए। त्यही रक्षासूत्र पछि गएर राखीमा परिणत भएको मानिन्छ। त्यसबेला द्रौपदीद्वारा कृष्णले र कुन्तीद्वारा अभिमन्युले सो रक्षाबन्धन बाँधेको उल्लेख छ।

त्यस्तै, महाभारतकैं प्रसंगमा रक्षाबन्धन विषयमा अर्को एउट प्रसंग छ, जब कृष्णले सुदर्शन चक्रद्वारा शिशुपालको वध गरे। त्यतिबेला उनको तर्जनी (चोर) औंलामा चोट लागेको थियो। त्यसबेला द्रौपदीले आफ्नो साडी च्यातेर श्रीकृष्णको औंला बाँधिदिएकी थिइन्। त्यो दिन पनि श्रावण शुक्ल पूर्णिमाकै दिन थियो। यसैलाई आधार मानी राखी सुरु भएको मानिन्छ। श्रीकृष्णले यस उपकारको बदलामा द्रौपदीको चीरहरणको समयमा उनको साडी बढाएर इज्जत बचाएका थिए।

यस्ताे छ राखी बाध्नुकाे महत्व
अघि सत्य युगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा वलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे÷भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्नाले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशेष भूमिका हुने जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइलाई भेट हुन नसक्ने भए खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ । यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट मन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ ।

विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा छन् ।यो पर्व हिन्दू धर्मावलम्बीले मन्दै आए पनि पछिल्ला दिनहरुमा समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले जिल्लाका इस्लाम धर्मावलम्बीले हिन्दू दिदी–भाइको नाता लगाएर राखी बाँध्ने प्रचलन बढ्दै जानाले यो पर्व अब मिथिलाक्षेत्रको साझा पर्व बनेको रामगोपालपुर नगरपालिकाको बिसबिट्टी बस्तीका इस्लाम धर्मावलम्बी कादिर हुसैन बताउनुहुन्छ ।


प्रकाशित : २०७९ श्रावण २७ शुक्रबार