‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो’

[sharethis-inline-buttons]

काठमाडौं।  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जापान भ्रमण सकेर स्वदेश फर्किनुभएकाे छ।

गत शुक्रबार जापान प्रस्थान गर्नुभएका दाहाल बुधबार अपरान्ह काठमाडौं फर्किनुभएकाे हाे।

त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री दाहालले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताउनुभयाे।

राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा दाहालले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई बिश्वास लागेको बताउनुभयाे।

‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ ।

दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ।


प्रकाशित : २०७९ श्रावण २५ बुधबार