राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री ओलीकाे जोड

[sharethis-inline-buttons]

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

सामूदायिक वन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पार्नु भयो । सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो ।

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राख्नुभयो ।

उहाँले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनुभयो ।


प्रकाशित : २०७९ श्रावण २५ बुधबार