सत्ता गठबन्धनकाे चुनावी तालमेल, सय सिट हात पार्न कांग्रेस नेताकाे सुझाव

[sharethis-inline-buttons]

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । १६५ सिट पाँच दलीय गठबन्धनका लागि पाँच भाग लगाउनु पर्ने र यसमा एक सय कांक्रेसका लागि सुरक्षित हुनुपर्ने कांग्रेस नेताहरूले माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।

‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले भन्नुभयाे।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट’दलगत निर्णय हुने’ जानकारी गराउनुभएकाे छ । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिनुभएकाे छ ।

‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’

बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत हुनुभयाे । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँट’दयगत धारणा बुझ्नुभएकाे छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ–आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भन्नुभयाे ।

बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलन देउवालाई नेताहरूले ‘ब्रिफिङ’ गरेका थिए। एक्लै लड्दा ८५ सिट जित्न सकिने कांग्रेसकाे दाबी रहेकाे र गठबन्धनमार्फत उठ्दा थप फाइदा पुग्ने पर्ने नेताहरूकाे बुझाइ थियाे ।


प्रकाशित : २०७९ श्रावण २४ मंगलवार