पूर्वप्रधानमन्त्री दाहालद्वारा जापानकाे हिरोसिमास्थित संग्रहालयको स्थलगत अवलोकन

[sharethis-inline-buttons]

काठमाडौं। जापान भ्रमणमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापानको हिरोसिमा सहरमा रहेको संग्रहालयको अवलोकन गर्नुभएकाे छ।

आइतबार आणविक बम खसेको हिरोसिमा सहरको संग्रहालय अवालोकन गर्नुभएकाे उहाँकाे सचिवालयले जानकारी दिएको छ।

दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार राती नेपालबाट प्रस्थान गर्नुभएकाे थियाे। शनिबार बिहान जापानको टोकियो स्थित नारिता विमानस्थलमा अवतरण गर्नुभएकाे उहाँले त्यसलगत्तै पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागि भइरहनुभएकाे छ ।

नेपाली जन प्रगतिशील मञ्च (जापान) को निमन्त्रणामा जापान पुग्नुभएका उहाँसहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहितका नेपालीले विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे।


प्रकाशित : २०७९ श्रावण २२ आईतवार