प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने निर्णय

[sharethis-inline-buttons]

काठमाडाैं । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो ।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।


प्रकाशित : २०७९ श्रावण २२ आईतवार