काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उहाँले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिनुभयो ।
ओलीले भन्नुभयो, “आउँदो चुनाव हामीले हार्नु हुँदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।”
अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताउनुभयो ।