सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय खुल्ने

[sharethis-inline-buttons]

काठमाडौं । सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ।

सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो।

गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।


प्रकाशित : २०७९ श्रावण २० शुक्रबार