प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदीलाई नियुक्त गर्नुभएकाे छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ जलस्रोत विज्ञ पनि हुनुहुन्छ।

उहाँकै नेतृत्वमा नेपालको सबैभन्दा लामो केबलकारको निर्माण पनि हुँदैछ।


प्रकाशित : २०७९ श्रावण १९ बिहीबार