काठमाडौं । सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले स्वागत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै स्वागत गर्नुभएकाे हाे ।
नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उहाँले आफूहरुको माग समयमा नै चुनाव हुनुपर्ने भएको बताउनुभयाे ।
सरकारले गरेकाे निर्वाचनकाे घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ।
प्रकाशित : २०७९ श्रावण १९ बिहीबार