मंसिर ४ गतेका लागि निर्वाचनकाे मिति घाेषणा गर्ने तयारीमा सरकार

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज(बिहीबार) अपरान्ह १ बजेका लागि मन्त्रिपरिषदकाे बैठक बोलाउनुभएकाे छ ।

बालुवाटार स्राेतले दिएकाे जानकारी अनुसार  प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ताेक्नका लागि मन्त्रिपरिषद बैठक बाेलाइएकाे हाे ।

सत्ता गठबन्धनको हिजाे (बुधबार) बसेको बैठकले आगामी म‌ंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषदकाे बैठकले निर्वाचनकाे मिति घाेषणा गर्नेछ ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।


प्रकाशित : २०७९ श्रावण १९ बिहीबार