काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुषसहित रङ्गेहात पक्राउ गरेको छ ।
उनी ६ लाख घुष सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभएको छ । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पर्यटन व्यवसाय दर्ताका लागि घुष मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुषसहित पक्राउ गरेको हो ।
प्रकाशित : २०७९ श्रावण १८ बुधबार