निर्वाचन मिति घाेषणापछि संसद स्वत: भङ्ग : संविधानविद् आचार्य

[sharethis-inline-buttons]

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भङ्ग हुने बताउनुभएको छ।

निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने सामाजिक सञ्जाल ट्वीटर मार्फत आचार्यले बताउनुभएकाे हाे।

‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भन्नुभएकाे छ, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’

संसद नै नरहेपछि सांसद समेत नरहने उहाँले बताउनुभएको छ । ‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उहाँले लेख्नुभएको छ ।


प्रकाशित : २०७९ श्रावण १८ बुधबार