काठमाडाैं । नेपाल बार एसोसिएसनले संसदमा दर्ता गरिएको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसदमा अघि बढाउन सभामुख समक्ष आग्रह गरेकाे छ ।
प्रदेश नम्बर १ र ५ का उपाध्यक्षबाहेकका उपत्यकामा उपस्थित बारका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी महाभियोग प्रस्ताव अघि बढाउन आग्रह गरेकाे हाे ।
सभामुखसँगकाे भेटघाट पछि बारले जारी गरेकाे विज्ञप्तिमा उक्त महाभियाेग निर्णयमा पुर्याउनका लागि संसदमा प्रस्तव अघि बढाउन सभामुख सापकाेटा समक्ष जाेडदार माग गरिएकाे जनाइएकाे छ ।
‘हामीले सभामुखलाई महाभियोग प्रस्ताव अघि बढाउन अनुरोध गर्याैँ । उहाँले अबको अधिवेशनमा अगाडि बढाउने भन्नुभएको छ । नेपाल बारको चिन्ताको विषय संसद्को पनि चिन्ताको विषय हो भन्ने उहाँको भनाइ थियो,’ सभामुखको भनाइ उद्धृत गर्दै बारकी महासचिव अञ्जिता खनालले जानकारी दिनुभयाे ।
प्रतिनिधिसभामा रहेका मध्ये ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि गत फागुन १ गतेदेखि प्रधानन्यायाधीश जबरा निलम्बित अवस्थामा रहनुभएकाे छ ।