अर्थमन्त्री शर्माद्वारा राष्ट्रपति समक्ष पद तथा गाेपनीयताकाे सपथ

[sharethis-inline-buttons]

काठमाडाैं ।  अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री शर्माले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे हाे ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागि गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि राजीनामा दिनुभएका अर्थमन्त्री शर्मा संसदीय समितिले उहाँमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि पुन: अर्थमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।


प्रकाशित : २०७९ श्रावण १५ आईतवार