काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडाैं आइपुग्नु भएको छ। अमेरिकी विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि बिहीबार अपराह्न काठमाडौं आइपुग्नु भएको हो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको छ।
यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालय स्राेतले जनाएकाे छ।
नेपालमा रहँदा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुहुने जनाइएकाे छ।
प्रकाशित : २०७९ श्रावण १२ बिहीबार