काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराउनुभएकाे छ। जनता समाजवादी पार्टीबाट अलग हुनुभएका भट्टराईले नयाँ पार्टी दर्ता गर्नुभएकाे हाे ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जित्नुभएकाे थियाे ।
जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति भएकाे थियाे।
प्रकाशित : २०७९ श्रावण १२ बिहीबार