विभिन्न पाँच देशका लागि नियुक्त नेपाली राजदूतद्वारा राष्ट्रपति समक्ष सपथ ग्रहण

[sharethis-inline-buttons]

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली ढकाल (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क) का लागि राजदूत रहेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ श्रावण १२ बिहीबार