काठमाडौं । पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।
महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यकाे भनाइ छ ।
उहाँका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिने तयारी गरेकाे छ।
महानगरका धेरै चुनाैति रहेकाे र त्यसकाे समाधानका लागि सामुहिक पहल गरिने बताउँदै उहाँले भन्नुभयाे, ‘धेरै चुनौति छन् । ति चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’