एजेन्सी । भारतमा कोभिड संक्रमणबाट एकैदिन ६० जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिड संक्रमण दिनहुँ बढिरहेको भारतमा विगत २४ घण्टामा ६० जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ । यस अवधिमा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलव ४६ प्रतिशत छ ।
प्रकाशित : २०७९ श्रावण ८ आईतवार