
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताउनुभएको छ ।
पुष्पलालको ४४औं स्मृति दिवसका अवसरमा आज (शनिवार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर यस ठाउमा आइपुगेको बताउँदै उहाँले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताउनुभएको हो।
अध्यक्ष ओलीले नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प समेत गनुभयो । उहाँले विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत शहीद स्वीकार्न र उचित सम्मान गर्न नसकेको भन्दै कटाक्ष गर्नुभयो ।
उहाँले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गर्नुभएकाे थियाे ।
पुष्पलालको निधन २०३५ सालमा भारत निर्वासनकै क्रममा भएको थियो ।