नागरिकतालगायत महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने सभामुखकाे तयारी

[sharethis-inline-buttons]

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी गरिएकाे बताउनुभएकाे छ।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकाेटाले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा लागेकाे बताउनुभएकाे हाे ।

‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु’ उहाँले भन्नुभयाे, ‘मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ ।’

अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा  पेश गर्ने तयारी गरेकाे उहाँले बताउनुभयाे ।


प्रकाशित : २०७९ श्रावण २ सोमबार