ठमेल पर्यटन विकास परिषदमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा भविश्वर शर्मा

[sharethis-inline-buttons]

काठमाडाैं । ठमेल पर्यटन विकास परिषदको  नयाँ कार्यसमिति चयनका लागि भयको निर्वाचनबाट अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएकाे छ ।

परिषद्को आईतबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्ष शर्माले अर्का प्रत्यासी ध्रुव अधिकारीलाई पराजित गर्दै शर्मा निर्वाचित हुनुभएकाे हाे ।

अध्यक्ष शर्माले ७७२ मत प्राप्त गर्नुभएकाे थियाे भने अर्का अध्यक्षका उम्मेद्वार अधिकारीले ५६८ मत प्राप्त गर्नुभयाे।

यस्तै, उपाध्यक्षमा शर्मा समूहबाट  सहदेव धमला र प्रश्रय राजभण्डारी तथा अधिकारी समूहबाट गीता गुरुङ निर्वाचित हुनुभएकाे छ । महासचिवमा ध्रुव अधिकारी समूहबाट राजीव पाण्डे, सचिव र कोषाध्यक्षमा अधिकारी समूहका रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजु निर्वाचित हुनुभएकाे छ ।

यस्तै, सदस्यमा शर्मा समूहबाट चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकारी, लालबाबु चौधरी, पूर्णिमा मालाकार, तेन्जिङ लामा र अधिकारी समूहबाट प्रकाश थपलिया र श्रीकृष्ण थपलिया निर्वाचित हुनुभएकाे छ ।


प्रकाशित : २०७९ श्रावण १ आईतवार