कांग्रेसमा उठ्याे ‘संघीयता र धर्म निरपेक्षता खारेजी’को विषय

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रीय सदस्यले संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताउनुभयाे ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भन्नुभयाे, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन ।

राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उहाँले बताउनुभयाे ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयाे ।

गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उहाँकाे भनाइ छ।


प्रकाशित : २०७९ असार ३२ शनिबार