
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहाल र विदेशमन्त्री जयशंकरबीच शनिवार अपरान्ह भेटवार्ता भएको हो ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा दिल्ली पुग्नुभएका अध्यक्ष दाहाललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल जानकारी दिनुभएकाे छ।
भारतीय विदेश मन्त्रालयका अनुसार छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने प्रतिवद्धता जनाउनुभएकाे छ ।