अध्यक्ष दाहाल भारत भ्रमण : प्रधानमन्त्री माेदीलगायत विभिन्न नेताहरूसँग शनिवार भेटवार्ता

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल औपचारिक भ्रमणका लागि भारत पुग्नुभएकाे छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहाल भारतीय जनता पार्टीकाे निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि भारत पुग्नुभएकाे हाे ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा गएका प्रचण्डलाई शुक्रबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका साथै विभिन्न नेताहरूसाग भेटवार्ता गर्ने कार्यतालिका रहेकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।


प्रकाशित : २०७९ असार ३२ शनिबार