उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुषाल निर्वाचित

[sharethis-inline-buttons]

काठमाडाैं । संसदको उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद एमालेकी प्रतिस्पर्धी विद्या भट्टराईलाई पराजित गर्दै  भुसाल निर्वाचित भएकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।


प्रकाशित : २०७९ असार ३१ शुक्रबार