रेडक्रसको जिल्ला र प्रदेश शाखाद्वारा केन्द्रमा हस्तक्षेप गर्ने तयारी, अन्याेलता तत्काल राेक्न माग

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जिल्ला र प्रदेश शाखाले केन्द्रमा हस्तक्षेप गर्ने तयारी गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी केन्द्रमा हस्तक्षेप गर्ने जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले केन्द्रमा भएको अस्तब्यस्तप्रति चिन्तासमेत व्यक्त गरेका छन् ।

नेपाल सरकारद्वारा गठन गरिएको नेत्र प्रसाद तिमिल्सिनाको कार्यसमितिको म्याद समाप्त भइसक्दा पनि कानुनी अड्चनको नाम दिएर रेडक्रस काम कारबाही र अभियानलाई अस्तब्यस्त बनाएको जिल्ला र प्रदेश शाखाले आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालयमा तोडफोड गर्ने, गैर रेडक्रसकर्मीलाई प्रवेश गराइ कर्मचारीमाथि हातपात गर्ने जस्ता कार्यको शाखाहरूले विरोध जनाएका छन् । उनीहरूले पूर्व अध्यक्ष तिमिल्सिनाबाट भएकोमा उक्त कार्यप्रति आपत्ति जनाएका छन् ।

आफैलाई अध्यक्ष घोषणा गर्ने र होटेल रेष्टुरेन्टमा बैठक गर्ने, रेडक्रसको छाप प्रयोग गरी अवैधानिक निर्णयहरू प्रेषित गर्दै अन्योल सिर्जना गर्ने कार्य तत्काल रोक्न ६८ जिल्ला शाखा एवं सातै प्रदेशहरूले प्रेस विज्ञप्तिमार्फत माग गरिएको छ।


प्रकाशित : २०७९ असार ३१ शुक्रबार